रुपन्देहीमा श्रीमती कुटेको आरोपमा श्रीमान पक्राउ

रुपन्देही, असोज २५ । रुपन्देहीमा श्रीमती कुटेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–६ की २२ वर्षकी लक्ष्मी चौधरी धोवीलाई कुटपिट गरी फरार रहेका श्रीमान बिरु विश्वकर्मालाई रोहिणी गाउँपालिका–२ पोखरभिण्डीबाट पक्राउ गरिएको हो ।

विश्वकर्माले श्रीमतीलाई असोज १२ गते धारिलो हतियारले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते लक्ष्मीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =