टिकट फुत्काउन दलबल सहित कार्यकर्ता र आफन्त राजधानीमा

काठमाडौं , असोज २५ । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई उम्मेदवार सिफारिसमा परेकाहरु टिकट फुत्काउन समर्थकसहित राजधानीतिर लागेका छन् ।

आफू समर्थक नेतालाई टिकटका लागि भनसुन गर्न दलका भातृ संगठनका कार्यकर्ता र नेताका आफन्तसमेत राजधानीमै छन् । याे खबर आजको कान्तिपुरमा छ । केहि दिन अघिसम्म जिल्लादेखि केन्द्रीय स्तरका नेता र कार्यकर्ताको बाक्लै चहलपहल रहेको सदरमुकाम चैनपुर अहिले सुनसान छ ।

आफ्नो शक्ति र पहुँच देखाउने बेला यही हो सिफारिसमा परेका एक एमाले नेताले भने, योग्यता क्षमता र योगदानभन्दा पहुँचले बढी काम गर्छ । आफ्नो पक्षका एक सय भन्दा बढी समर्थक काठमाडौं अाएर आ आफ्नो सम्पर्क सुत्रमार्फत लबिङ गरिरहेको उनले बताए ।

सर्वसम्मतले नाम छान्न नसकेपछि कांग्रेस र माओवादीका जिल्ला समितिले टिकट टुंगो लगाउने जिम्मा केन्द्रीय समितिकै तजबिजमा छाडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *