बालबालिकाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने

असाेज २४, काठमाडौँ । क्यान एजुकेशन फाउन्डेसन सहयोगार्थ रशलाईट मिडियाले राजधानीमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । असाेज २८ गते शनिवार हुने उक्त कार्यक्रममा गायिका एंव मोडल रमिता भण्डारी, गायिका मिना निरौला, बुनु राई, गायकद्धय सुरेश कुमार क्षेत्री र दाउथ राईले आफ्नो प्रस्तुति दिने इभेन्ट व्यवस्थापक सनिल मर्हजनले जानकारी दिए । उनका अनुसार कल्चरल नृत्यका साथमा फेशन सो पनि हुनेछ । जोजालप्पा कलेक्सनको डिजाइनमा कल्चरल फेशन सो हुनेछ ।

रशलाईट मिडियाले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको रशलाईट मिडियाकी अध्यक्ष एंव गायिका तथा मोडल रमिता भण्डारीले जानकारी दिइन । कम्पनीले यस अघि पनि विभिन्न संघसंस्थालाई सहयोग गरिसकेको छ ।

क्यान एजुकेशन फाउन्डेसनले उक्त कार्यक्रमबाट उठेको रकम बालबालिकाहरुको शिक्षामा खर्च गर्ने फाउन्डेसनकी कोषाध्यक्ष सम्झना लामाले जानकारी दिइन । हाल संस्थाले चार जिल्लाका ४५ जना बालबालिकाहरुलाई शिक्षा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *