प्रदेश नम्बर ७ मा लेखराज र खगराज बिच विवाद चुलिदै

असोज २४, काठमाडौँ । प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्ट र युवा नेता खगराज भट्टबिच विवाद चर्कीएको छ । निर्वाचनको मुखैमा नेता लेखराज भट्टले मनोगत र स्वच्छेचारी निर्णय गरेको भन्दै अर्का नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डलाई लिखित रूपमै पत्र पठाएका छन् ।

भट्ट र लेखराज दुवै माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । खगराजले प्रचण्डलाई सम्बोधन गर्दै पठाएको पत्रमा लेखराजले स्थानीय निकायको निर्वाचनको बेला केन्द्रबाट आएको रकममा अनियमितता गरेको र अहिलेसम्म सो विवाद समाधान नहुँदा त्यसको पार्टी पंतीमा नकारात्मक असर परेको उल्लेख गरिएकाे छ । भट्टले अहिलेपनि उम्मेवार छनौट आफुखुसी गरिरहेकाले इमान्दार कार्यकर्ताको मूल्याङ्कन नहुँदा आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गम्भीर हार व्योहर्नुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *