मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली, असोज २४ । मध्य पहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । कुइभिरको सडकबाट ४ सय मिटर तल सुनकोशी नदीमा खस्दा मोटरसाइकल चालक ओखलढुङगाको सुनकोशी ४ का ३० वर्षिय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ओखलढुङगाबाट काठमाडौतर्फ जाँदै गरेको बा.४३ प.४८४० नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाकइलको पछाडी सवार ओखलढुङगाको सुनकोशी गाउँपालिका ४ का चन्दबहादुर तामाङ घाइतेको हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार आफैं अनियन्त्रीत भई मोटरसाइकल सडकबाट खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =