रविन्द्र मिश्र काठमाडौंमा प्रकाशमानविरुद्ध चुनाव लड्ने

काठमाडौं, असोज २३ । विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ५ क्षेत्रमा उम्मेदवारी दिने भएको छ । पार्टीका संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्नुहुने भएको छ ।

काठमाडौं १ बाट लड्न लाग्नुभएका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नुपर्नेछ । सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने बताइएको छ । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ ।

काठमाडौंसमेत अन्य उम्मेदवारसमेत तोकेर आज नै उम्मेदवारी घोषणा गरिने विवेकशील साझा पार्टीले जनाएको छ । यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थान पाएका रञ्जु दर्शना र किशोर थापा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने छैनन् । थापा प्रदेशसभाको उम्मेदवार बन्ने सम्भावना छ ।

रञ्जु दर्शना भने उमेरका कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार बन्न पाउने छैनन् । कानुन अनुसार सांसदको उम्मेदवार हुन २५ वर्ष पुगेको हुनुपर्छ । रञ्जु दर्शना २५ वर्ष पुग्नुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *