प्रचण्ड र बाबुरामलाई नडाक्नु तर विप्लवलाई नबिर्सनु !

पोखरा, असोज २२। दुई ठूला वामपन्थी दल माओवादी केन्द्र–एमालेबीचको चुनावी तालमेल र एकीकरणको गतिविधि नियाँलिरहेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले नयाँ रणनीति बनाउन लागिपरेको छ । यससँगै वैद्य निकट क्रान्तिकारी माओवादीले पहिलो राष्ट्रिय सम्मेलनको आह्वान गरेको छ ।

स्थानीय तहको निर्वाचन लगत्तै दुई वामपन्थीबीच भएको राजनीतिक ध्रुवीकरणकाबीच वैद्य माओवादी राष्ट्रिय सम्मेलनमा जुटेको हो । परि थापा नेतृत्वको नेकपासँग एकता गरेर नेकपा क्रान्तिकारी माओवादी गरिएपछि पहिलो पटक पार्टीले राष्ट्रिय सम्मेलको आयोजना गर्न लागेको छ ।

पार्टी प्रवक्ता हरिभक्त कण्डेलले जानकारी गराएअनुसार आज आइतबारदेखि पोखराको बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनले आगामी पार्टीको नयाँ रणनीति तय गर्ने उनले बताए । सम्मेलनमा देशभरीबाट ४ सय प्रतिनिधि र ५० पर्यवेक्षकको सहभागिता रहने समेत लनले बताए ।

सम्मेलनको औपचारिक उद्घाटनपूर्व पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । यससँगै केन्द्रीय समितिबाट पारित गरिएको अध्यक्ष वैद्यको मस्यौदा प्रस्तावमाथि सम्मेलनमा छलफल हुनेछ । सम्मेलनले आगामी पार्टीको नयाँ रणनीतिको टुंगो लगाउने बताइएको छ ।

तर, वैद्यनिकट क्रान्तिकारी माओवादीले उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई कसैलाई पनि नडाक्न निर्देशन गरेको छ । उनीहरुलाई निषेध गर्दै अध्यक्ष वैद्यले आफूसँग अलग भएका नेत्रविक्रम चन्द ‘विप्लवको नेकपा, नेपाल मजदुर किसान पार्टी, मोहन विक्रम नेतृत्वको नेकपा मसाल र ऋषि कट्टेलको नेकपालाई मर्ज हुन आमन्त्रण गरिएको प्रवक्ता कण्डेलले जानकारी गराए । प्रवक्ता कण्डेलले मुलुकका ठूला पार्टी कसैलाई उद्घाटन कार्यक्रममा आमन्त्रण नगरिएको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *