नेपाल–भारत प्रबुद्ध समूहको बैठक आज पनि

काठमाडौं, असोज २२ । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठक आज पनि जारी रहनेछ । काठमाडौंमा हिजोदेखि सुरु भएको बैठकमा नेपालले बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० का विषयमा छलफल भइरहेको छ ।

आजको बैठकमा जलस्रोतका क्षेत्रमा भएका विभिन्न सन्धि सम्झौता, व्यापार तथा पारवहन क्षेत्रमा भएका सम्पूर्ण सन्धि सम्झौतामा पनि बुँदागत छलफल हुनेछ । २०७२ सालमा गठन भएको इपिजीलाई नेपाल भारतबीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरि प्रतिवेदन बुझाउन दुई वर्षको समय दिइएको छ ।

नेपाल समुहका सदस्य निलाम्बर आचार्यले हिजो तय भएका एजेण्डामा आज छलफल हुने र अर्को बैठकको मिति भारतमा तय गरिने बताउनुभयो । उहाँका अनुसार बैठक अहिले केहीबेरमा राजधानीको तारे होटेलमा बस्नेछ ।

साझा प्रतिवेदन नेपाल र भारत दुवै देशको सरकारलाई बुझाएपछि त्यसकै आधारमा सन्धि–सम्झौता संशोधन र पुनरावलोकनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *