पहिरोले ३ घर बगायो

बिष्णु जोशि

काठमाडौं, असोज २१ । धनगढी,कैलालीको पहाडी क्षेत्र मोह्न्याल गाउँ पालिका वार्ड ४ मा असोज ९ गतेदेखि परेको अविरल बर्षाका कारण रेड्क्रश सोसाइटीले निर्माण गरेको खानेपानी ट्याङ्की पहिरोले बगाउँदा २२ घर परिवार खानेपानी सेवा बाट बन्चित भएका छन् भने पहिरोले ३ वटा घर बगाएको छ।

२२ घर पहिरोको उच्च जोखिम मा परेका छन् । पहिरो मा ६लाख २० हजार को क्षति भएको इलाका प्रहरी कार्यालय पन्डोन ले जनाएको छ ।सदरमुकाम धनगढी देखि २दिन को पैदलयात्रा पछि पुगिने उक्त्त क्षेत्र मा यातायात को समस्या का कारण र टेलीफोन सेवा नभएकोले खबर अदान प्रदान मा कठिनाइ भएको वार्ड अध्यक्ष टेकबहादुर बोगटीले बताए ।

सबै लाई दशै लाग्यो हाम्रो भएको जमिन पनि पहिरो ले लगयो ,जिल्ला प्रसासन कैलाली मा घटनाको मुचुल्का पेस गर्न आएका सुरेन्द्र बहादुर क्षेत्रीले मकालु खबरसँग गुनासो गरे । उता प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले १÷२दिन भित्र पीडित लाई राहत दिने बताएका छन।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *