अमेरिकामा परिवार नियोजन सम्वन्धी नयाँ नीति, महिला अधिकारवादीद्वारा आलोचना

काठमाडौं, असोज २१ । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ ।

नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ ।

परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध गराउनवाट रोक लगाउन सक्नेछ ।

स्वास्थ्य बीमामा धेरैको पहुँच पु¥याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ’अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तरगत त्यसो गर्नुपर्ने हुन्छ ।

घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्त्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो ।

उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरुले आलोचना गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *