तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटक बढे

ताप्लेजुङ, असोज २१ । ताप्लेजुङमा रहेको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सहित विभिन्न हिमाल आरोहणका लागि पर्यटक भित्रने क्रम बढेको छ ।

पर्यटकीय सिजन सुरु भएसँगै विभिन्न देशबाट कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि आउनेको संख्या बढेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

पर्यटकको संख्या बढेसँगै कञ्चनजंघा पदमार्गमा पर्ने दोभान, मित्लुङ, सिवा, छिरुवा, घुन्सालगायत क्षेत्रमा चहलपहल बढेको स्थानिय छेतेन शेर्पाले बताए । अरुबेला बन्द हुने सो क्षेत्रका होटलहरू पनि खुल्न थालेका छन् ।

यो सिजनमा हालसम्म विदेशी पर्यटकको दश वटा भन्दा बढि टोली कञ्चजंघा आधार शिविरतर्फ प्रस्थान गरेको कञ्चजंघा संरक्षण क्षेत्रको घुन्सास्थित कार्यालयले जनाएको छ ।

टोलीमा अस्ट्रेलियन, रसियन, स्विट्जरल्यान्ड र जर्मनी नागरीक रहेका छन् ।

ताप्लेजुङमा रहेको सुकेटरा विमानस्थलमा हवाई सेवा सञ्चालन नभएपछि सो टोली काठमाडौंबाट झापाको चन्द्रगढीसम्म हवाईजहाजमा र त्यहाँबाट फुङलिङसम्म सडक मार्ग हुँदै आएका हुन् ।

उनीहरू पूरै क्षेत्र भ्रमणका लागि आएको घुन्साका होटल व्यवसायी डन्डु शेर्पाले बताए । कञ्चनजंघा क्षेत्रको पूरा भ्रमण गर्न १८ देखि २१ दिन लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *