एमाले बागलुङले उम्मेदवार सिफारिस गर्‍यो

बागलुङ, असोज २० । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले बागलुङले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।

पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नम्बर–१ सहित प्रदेश (क) र (ख) मा पार्टी जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र सूर्य पाठकलाई सिफारिस गरिएको छ ।

कुन उम्मेदवारलाई कुन सभामा पठाउने भन्ने निर्णय जिल्लामा हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुंग्याउने गरी पठाइएको पार्टी सचिव लालबहादुर थापाले बताए ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि मोहनलाल शर्मालाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने निर्णय भएको छ ।

२ नम्बर क्षेत्रअन्तर्गत् पर्ने प्रदेश (क)मा पनि सर्वसम्मत् हुन नसकेपछि आकंक्षी चारजनाको नाम केन्द्रमा सिफारिस गरिएको सचिव थापाले जानकारी दिए । सिफारिस हुनेमा प्रेम खरेल, यामबहादुर श्रीस, तीर्थमणि भुसाल र रत्ना भण्डारी रहेका छन् ।

त्यस्तै, प्रदेश (ख)बाट बडिराम अर्याल शर्मालाई सर्वसम्मत् उम्मेदवार बनाउने जिल्ला कमिटीको बैठकले निर्णय गरी केन्द्रमा पठाएको छ ।

प्रत्यक्षतर्फ सिफारिस भएपनि समानुपातिकतर्फ बैठकले कुनै निर्णय लिन नसकेपछि त्यसको छनोटका लागि कमिटी बनाइएको एमाले बागलुङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *