‘क्यानडा उच्च शिक्षासँगै प्रशस्त अवसर भएको देश हो’

पछिल्लो समय उच्च शिक्षासँगै करियर निर्माणका लागि क्यानडा उत्कृष्ट गन्तव्य मुलुक बनेको छ । नेपालबाट बर्सेनि हज्जारौं युवाहरू उच्च शिक्षासँगै करियर निर्माण गर्न क्यानडा जाने गरेका छन् ।

उच्च शिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीका लागि राइटपाथ करियर काउन्सेलिङले नयाँ अफर ल्याएको छ । कक्षा १२ पछि ब्याचलर गर्न वा मास्टर्स गर्न चाहने विद्यार्थीहरूले क्यानडा अप्लाई गरेमा राइटपाथ करियर काउन्सेलिङले पाँच लाख १५ हजारको प्याकेज लिएर आएको छ । राइटपाथ करियर काउन्सेलिङका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीसँग क्यानडाको शैक्षिक अवस्था, भिजा प्रोसेसिङ तथा राइटपाथले ल्याएको नयाँ अफरका विषयमा संक्षिप्त कुराकानी गरेका छौँ ।

राइटपाथ करियर काउन्सेलिङले दसैँ तिहार चाडवाडका लागि ‘बम्पर उपहार’ भनेर ल्याएको प्याकेज के हो ?

राइटपाथ करियर काउन्सेलिङले नेपालीहरूको चाडपर्व दसैँ तिहारको अवसरमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै Test Preparation मा ५० प्रतिशत छुट को व्यवस्था गरेको छ । जसमा विद्यार्थीले १२ हजारको कोर्ष ६ हजारमा पाउनेछन् । यो शुल्कमा विद्यार्थीले IELTS, TOFEL जस्ता कोर्ष अध्ययन गर्न सक्छन् ।

यसै गरी जो विद्यार्थी उच्च शिक्षाका लागि क्यानडा जान खोजिरहेका छन् उनीहरूको सुविधाका लागि भनेर विशेष अफर ल्याएका छौँ । क्यानडा अप्लाई गर्ने विद्यार्थीलाई ५ लाख १५ हजारको प्याकेज ल्याएका छौँ । यसले Abroad Study मा जाने विद्यार्थीलाई आर्थिक रूपमा सहज हुन्छ ।

यो प्याकेज अर्न्तगत क्यानडाका विश्वविद्यालयहरुसँग सहकार्य गरेर सुरुमा २५००$ भुक्तानी गरेर बाँकी पैसा भिसा लागि सकेपछि क्यानडा नै गएर भुक्तानी गर्न मिल्ने सुविधा ल्याएका छौँ । अहिले अस्ट्रेलिया क्यानडाका लागि एक वर्षको १६ हजारको कोर्षको शुल्क सुरुमै भुक्तानी गर्नुपर्ने चलन छ । विद्यार्थीले भिसा लाग्नु भन्दा १ महिना अघि नै शुल्क बुझाउनु पर्छ, त्यसपछि कहिलेकाँही भिसा आउनै २ महिना लाग्छ । कथंकदाचित भिसा लागेन भने, त्यो पैसा रिफण्ड हुन पनि ४५ दिनभन्दा बढी लाग्छ । यो प्रक्रियाबाट विद्यार्थीले बुझाएको पैसा साढे चार देखि ५ महिनासम्म होल्ड भईदिन्छ । हामी नेपालीहरूको आर्थिक अवस्था त्यत्ति सबल नभएकोले ब्याज र बैङ्कबाट लोनको पैसा यसरी ५ महिना सम्म होल्ड हुनु भनेको निक्कै अफ्टेरो कुरा हो ।

हामीले यही कुरालाई मध्यनजर गर्दै क्यानडाका विश्वविद्यालयसँग नेपाली विद्यार्थीको आर्थिक बस्तुस्थितिका बारेमा कुरा राख्यौं । त्यसपछि ती विश्वविद्यालयहरुले ‘ल ठिक छ, त्यसो भए क्यानडा अध्ययन गर्न आउने नेपाली विद्यार्थीले सुरुमा २५००$ बुझाउन् र बाँकी पैसा भिजा लागेपछि क्यानडा आइसकेपछि बुझाउन्’ भनेर यो प्याकेज दिएका हुन् । यसमा विद्यार्थीले बुझनु पर्ने कुरा भनेको उनीहरूलाई १ वर्षको शुल्क ५ लाख १५ हजारमा दिइएको भने हैन । उनीहरूले तिर्नुपर्ने सबै शुल्क तिर्नु पर्दछ तर, प्याकेजमा । नेपालबाट ५ लाख १५ हजार बुझाउने र बाँकी पैसा भिजा लागेर क्यानडा गईसकेपछि बुझाउने भनेको हो । यसले विद्यार्थीलाई आर्थिक अवस्थाका कारण नै क्यानडा जान सकिएन भन्ने कुरालाई चिर्नेछ भन्ने विश्वास लिएका छौँ ।

यो अफर कहिलेसम्म रहन्छ ?

हामीले विजयादशमी तथा दीपावलीका लागि भनेर यो प्याकेज ल्याएका हौँ । तर, विद्यार्थीहरूको चाप बढेको हेर्दा हामीले यो अफरलाई दसैँ तिहार पछि पनि चालू रहन्छ ।

क्यानडाको यो अफर राइटपाथ करियर काउन्सेलिङमा मात्र हो की अन्य कन्सल्टेन्सीमा पनि छन् ?

क्यानडाका लागि आएको यो प्याकेज अहिलेसम्म कुनै कन्सल्टेन्सीले ल्याएका छैनन् । पोल्याण्डहरु तिर कतै ५–६ लाखको प्याकेज सुन्नमा आएपनि क्यानडाका हकमा यो नेपालमै पहिलो पटक ल्याइएको अफर हो ।

अफर प्रति विद्यार्थीको चासो कत्तिको बढेको छ ?

हामीले चाडवाडलाई लक्षित गरेको यो प्याकेज ल्याएको भए पनि विद्यार्थीहरूको यतिधेरै चाप बढेको छ की, यो प्याकेजलाई बढाउँदै छौँ । अहिले दैनिक ३०–४० जना विद्यार्थीहरू इन्क्वायरीको लागि आइरहनु भएको छ । परामर्श लिनुभएको छ । उहाँहरू एकदमै उत्साहित हुनुहुन्छ ।

यो अफर क्यानडाको कुन–कुन विश्वविद्यालयका लागि हो ?

हामीले क्यानडाको FD University सँग सहकार्य गरेर यो प्याकेज ल्याएका हौँ । FD University का चार वटा शाखा छन् । यो विश्वविद्यालय क्यानडाको प्रतिष्ठित विश्वविद्यालय हो । यहाँ भिसा नलाग्ने सम्भावना एकदमै न्यून रहेको छ । विश्वविद्यालयको मुख्य विशेषता भनेको इन्जिनियरिङ, म्यानेजमेन्ट, आइटी लगायत सबै कोर्सहरु हुनु हो । नेपालबाट धेरै विद्यार्थी यो विश्वविद्यालयमा अध्ययनका लागि गएका छन् । सर्वसुलभ शुल्क, गुणस्तरीय र विश्वब्यापी मान्यता प्राप्त पाठ्यक्रम र प्रमाणपत्र यो विश्वविद्यालयका राम्रा पक्ष हुन् ।

उच्च शिक्षाका लागि क्यानडा जाने विद्यार्थीले के–के विषय अध्ययन गर्न सक्छन् र त्यसका लागि उनीहरूको योग्यता के कस्तो हुनुपर्दछ ?

नेपालमा विद्यार्थीले कुन विषय लिएर अध्ययन गरेका छन् त्यही आधारमा विषय छनौट गर्ने हो । क्यानडामा हस्पिटालिटी एण्ड टुरिज्म, आइटी, विजनेश कोर्स, इन्जिनियरिङ लगायत सबै प्रकार विषय अध्ययन गर्न सकिन्छ । क्यानडामा अध्ययन गर्नका लागि विद्यार्थीले IELTS मा ६.० स्कोर र एकेडेमीकमा ६० प्रतिशत अङक ल्याएको हुनुपर्दछ । अस्ट्रेलियाले IELTS मा ५.५ ल्याएका विद्यार्थीलाई पनि स्वीकार गरेको अवस्था छ । तर, क्यानडाका सबै विश्वविद्यालयले भने स्विकारेको अवस्था छैन ।

क्यानडाको भिजा लाग्ने चान्स एकदमै कम छ भनिन्छ नि ?

विद्यार्थीको चाहनामा क्रमसः अमेरिका, क्यानडा र अस्ट्रेलिया भएतापनि अहिले विद्यार्थीको राेजार्इमा अमेरिका क्यानडा भन्दा अस्ट्रेलिया परेकाे छ । यसो हुनुको कारण भनेको क्यानडाको भन्दा अस्ट्रेलियाको रिक्वारमेण्ट कम भएर हो । हामी परामर्श दाताहरुले पनि अस्ट्रेलियालाई नै ज्यादा फोकस गरेर पनि यस्तो भएको हो । अन्य देशको दाँजोमा क्यानडा खर्चिलो, भिजा पाउन गाह्रो, झण्झटिलो भनेर हामीले विद्यार्थीलाई गलत काउन्सेलिङ गरिरहेका छौँ । वास्तवमा भन्ने हो भने, क्यानडाको शैक्षिक गुणस्तर, त्यहाँ पाउने अवसर, सेटल हुने सम्भावना अस्ट्रेलियामा जति छ त्यो भन्दा राम्रो छ । भिसा लाग्ने कुरा गर्दा विद्यार्थीको शैक्षिक योग्यता राम्रो छ र, राम्ररी डकुमेन्टेशन गरेको छ भने, भिसा नलाग्ने चान्स हुँदैन । र, अन्य देशको भिसा लाग्न जति टाइम लाग्छ क्यानडाको लागि पनि त्यत्ति नै लाग्छ, ढिलो हुँदैन ।

क्यानडाका विश्वविद्यालयमा नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने अवसर कत्तिको रहन्छ ?

अन्य युरोपियन देशहरूको सन्दर्भ बेग्लै होला तर, अहिले विद्यार्थीलाई सबैभन्दा बढी छात्रवृत्ति दिने देशहरूमा अमेरिका र क्यानडा नै पर्दछन् । विद्यार्थीमा क्षमता र स्कोर राम्रो छ भने, विश्वविद्यालयले खोजीखोजी छात्रवृत्ति दिन्छन् । राइटपाथ मार्फत क्यानडा गएका प्रायः विद्यार्थीलार्इ केहि न केहि छात्रवृत्ति छँदैछ भने, अधिकांश विद्यार्थीले पनि २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति पाएका छन् ।

क्यानडामा अध्ययनसँगै रोजगारीको अवस्था के कस्तो छ ?

क्यानडामा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई अध्ययनसँगै रोजगारीको पनि राम्रो व्यवस्था रहेको छ । विगतका वर्षहरु भन्दा अहिले क्यानडामा रोजगारी प्रशस्त छन् । क्यानडामा अहिले धमाधम नयाँ शहरहरु विकसित हुँदै गएको र रोजगारी बढ्ने क्रम छ । एउटा अनुसन्धानले के देखाएको छ भने क्यानडामा दशकौंसम्म पनि विद्यार्थीहरूले अध्ययनसँगै रोजगारीको अभाव झेल्नु पर्दैन । क्यानडामा विद्यार्थीले २० घण्टा काम गर्न पाउँछन् । बिदाका समय पुरै समय काम गर्न सकिन्छ । जसले विद्यार्थीलाई थप पैसा बचत गर्ने मौका पनि दिन्छ । विद्यार्थीले पढाइसँगै आफूसँग भएको सिप क्षमता अनुसार काम गर्न सक्छ । नेपालबाट अध्ययनसँगै केही सीपमुलक काम सिकेर जाँदा सहज हुन्छ । क्यानडामा नेपाली विद्यार्थी र नेपाली संस्कृतिलाई औधी मन पराइन्छ । नेपालीलाई सगरमाथाको देशको नागरिक हो भनेर पनि सम्मान गरिन्छ ।

क्यानडामा बाहिरबाट आएका गैर क्यानेडिएन नागरिक प्रति हेर्ने दृष्टिकोण कत्तिको सहज छ ?

क्यानडा आफैमा मानव अधिकार सुरक्षित भएको राष्ट्र हो । जब अमेरिकी राष्ट्रपतिले मुस्लिम देशका नागरिकलाई देशमा छिर्न प्रतिबन्ध लगाए, तब क्यानडाले नै त्यसको विरोध गर्दै मुस्लिमहरुलाई आफ्नो देशमा स्वागत गर्‍यो । यसबाट पनि बुझिन्छ क्यानडामा मानव अधिकार कस्तो छ ! त्यसैले यस सम्बन्धी कुनै विद्यार्थीले एक रत्ती मनमा शङ्का नगरे हुन्छ ।

अन्तमा, उच्च शिक्षाका लागि क्यानडा जान चाहने विद्यार्थीलाई के सुझाव दिनहुन्छ ?

क्यानडाका विषयमा तपाईँले बजारमा जे जस्तो हल्ला सुन्नु भएको छ ती सबै सत्य र गलत नहुन सक्छन् । क्यानडा एउटा विश्वस्तरीय शिक्षा भएको विकसित मुलुक हो । यहाँ शिक्षा सँगै रोजगारीका प्रशस्त माध्यम छन् । तपाईँ यदि क्यानडा गएर उच्च शिक्षा हासिल गर्छु, सिप सिकेर आउँछु भन्नु हुन्छ भने, एक पल्ट आउनुहोस्, परामर्श लिनुहोस् । र, आफैँ पनि क्यानडाका विषयमा विभिन्न साइटहरुबाट पर्याप्त सूचना सङ्कलन गर्नुहोस् भन्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *