चाडपर्वकाे माैका छाेपी चन्द्रपुरका सुमोहरुको ब्रम्हलुट !

असाेज २०, चन्द्रपुर । चन्द्रपुरका सुमाेहरूले मौकामा चाैका भन्दै ब्रम्हलुट मच्चाइरहेका छन् । नेपालीहरूको महानपर्व दसैँ मान्नका लागि चन्द्रपुर आएका यात्रुहरु काठमाडौँ फर्कदा टाटासुमोहरुले दोब्बर भाडा असुल गरेका हुन् । चन्द्रपुरमा संचालीत टाटा सुमो काउन्टरबाट नै यात्रुहरुसँग तोकिएको भन्दा दोब्बर भाडा असुली कार्य भएकाे हो ।

टाटा सुमो काउन्टरहरुले सुमोहरुको कृतिम रूपमा अभाव सृजना गरेर यात्रुहरुसँग ब्रम्हलुट गरेको यात्रुहरुले गुनासो गरेका छन् । काठमाण्डौबाट चन्द्रपुर आउँदा छ सय रुपैयाँ एक जनाको भाडा भए पनि एक हजार पाँच सय रुपैयाँ तिरेर आएको र अहिले काठमाडौँ फर्कदा पनि एक हजार दुर्इ सय भाडा तिर्नुपरेको यात्रुहरु बताउँछन् ।

चन्द्रपुरकाे मेनरोड र बसपार्कमा रहेका टाटासुमोहरुको टिकट काउन्टरबाट नै सुमोहरुले दशैको टिकाको भोलिपल्ट देखिनै जनही १२ सय रुपैयाँ देखिबाट ८ सय रुपैयाँ सम्म यात्रुसँग भाडा असुल गरेका छन् । चन्द्रपुरबाट काठमाडौँ सयाै साना सवारी साधन ओहर दोहोर गर्छन् । प्रत्येक दिन सुमोको काउन्टरमा आउँदा पनि प्रत्येक काउन्टरले सुमो छैन भन्ने र दोब्बर भाडा असुल्ने यात्रु सिदार्थले बताए ।

चन्द्रपुरबाट काठमाडौँ जानका लागि यात्रुहरुको सुमो काउन्टरमा बिहानको झिसमिसे देखिबाट निकै भिड लाग्ने गरेकाे छ । तर, १२ सय देखि ८ सय रुपैयाँ सम्म यात्रु तयार भएपछि मात्र सुमो हुन्छ नभए सुमो नभएको जवाफ यात्रुले पाउने गरेका छन् । काठमाण्डौबाट हेटौडा आउँदा र दसैँ मानेर काठमाडौँ फर्कदा यात्रु दुईपटक ठगिन्छन् तरपनि स्थानीय प्रशासनले वास्तै नगरेको यात्रुहरुको गुनासो छ ।

यता तोकिएको भन्दा बढी भाडा लिने टाटा सुमोहरुलाई कानुन अनुसार कार्बाही गरिने ट्राफिक प्रहरी बताउँदै अाएकाे छ । तर, सुमोहरुलाई रोकेर यात्रुसँग बढी भाडा लिएको विषयमा चेकिङ समेत भएको पाइदैन ।

बढी भाडा तिर्ने यात्रुहरु नपाए सम्म सुमो चालकका घर, ग्यारेजमा लगेर राख्ने गरिएको छ । अघिपछी मेनरोडमा यात्रु खोज्नकै लागि पनि ट्राफिककै आखै अगाडी नियम उलंघन गर्दै यात्रु चढाउने गरिएको थियो । तर, अहिले भएका सुमो पनि तिन दिन पछाडिको लागि बुक गछु भन्दा पनि नपाउने स्थिती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *