तस्करहरूले प्रहरीसँग हात मिलाएर तस्करीकाे जालाे फैलाउदै

असाेज २०, गौर । रौतहटकाे सिमावर्ती क्षेत्रबाट चाडवाडकाे माैका छाेपी तस्करहरूले व्यापक रूपमा भन्सार छली सामान नेपाल भित्र्याएकाे पाइएको छ । पछिल्लो समय दसैँ,तिहार र छठको मौका छोपी तस्करले रौतहटको विभिन्न नाकाबाट तस्करी धन्धा सुरु गरेका हुन् ।

तस्करले प्रहरी प्रशासनसँग सेटिङ मिलाउन बनाएको टिमले स्थानीय तहको निर्वाचन अघि नै प्रहरी प्रशासनसँग बार्गेनिग गरे पनि निर्वाचनको समयमा यो उपयुक्त नहुने भन्दै कारोबार रोकिएको श्रोतले जनाएको छ ।

निर्वाचन सकिएपछि दशैको मुखमा तस्करले व्यापक रूपमा तस्करी गरेका थिए । तर, प्रहरीले त्यसलाई नदेखेको झैँ गरेको श्रोतको दाबी छ । प्रहरीसँग मासिक रूपमा नजराना लिने सर्तमा केही ठुला व्यापारीले सेटिङ मिलाएपनि त्यसैमा साना व्यापारीले पनि तस्करी गरेको श्रोतको भनाई छ । केही दिन अघि पनि बंकुल,गौर भन्सार तथा नजिकका अन्य नाकाबाट व्यापक रूपमा राजस्व छली भारतीय सामानहरू नेपाल भित्रिएको थियाे । यसबारे प्रहरी प्रशासनसँग बुझ्दा जिल्लामा तस्करी नभएको बताएका छन् ।

तस्करहरूले दैनिक लाखौँका सामान नेपाल प्रवेश गराउदा समेत सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ । बेलाबेला तस्करहरूले सुरक्षाकर्मीलाई सेटिङ मिलाएर अवैध मालसामाग्री कपिलवस्तु भित्राउने गरेका समाचार बाहिर आएपनि सुरक्षा निकाय मौन जस्तै बन्ने गरेको छ ।

भन्सार कार्यालयको दूरी टाढा हुँदा सीमापारीबाट आउने जुनसुकै सवारीसाधनलाई सहजै नेपाल भित्र्याइने गरिएको छ । भन्सार कार्यालयसम्म सवारीसाधन पठाउनैपर्ने भएको कारण सुरक्षाकर्मीले भारतबाट आउने सवारीसाधनलाई कडाइ गर्दैनन् । तर, भन्सार कार्यालयसम्म नपुगी केही साना सवारीसाधन सहायक बाटो प्रयोग गरी भन्सार छल्ने गरेको स्थानीय बताउँछन् । उनीहरूले सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी मौलाएको आरोप समेत लगाएका छन् ।

सुरक्षाकर्मीको मिलेमतोमा नेपालमा प्रतिवन्धित पारचुनको सामान, कपडा, कुखुरा, माछा दैनिक ल्याइने गरिएको छ । जिल्लाका हरेक हाटबजारमा भन्सार छलेर ल्याईएको माछा खुलेयाम बेचबिखन गरेको देख्न पाइन्छ । नेपालीकाे महान् चाडपर्वका बेला तस्करहरूले खुलेयाम भारतीय मालसमान नेपाल भित्र्याउने गरेका छन् । भारतीय खसीबोकाहरू नेपाल भित्र्याँउदा पशु क्वारेन्टाइनमा चेकचाज नगरी यहाँ भित्र्याइने गरिएको छ । साथै पटकाजन्यबस्तु, लत्ताकपडाहरू पनि रातीको मौका छोपी नेपाल प्रवेश गराइन्छ ।

जिल्लाको बंकुल नाकाबाट सबैभन्दा बढी सामान बिना भन्सार रौतहट जिल्ला छिर्ने गरेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । अाजको तरार्इ एक्सप्रेस दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *