क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न अदालतको आदेश

स्पेन, असोज २० । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ ।

                                                               क्याटालान नेता कार्लोस पुईग्देमोन्ट

क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनि अदालतले भनेको छ । अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ ।

क्याटालान नेता कार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएका थिए ।

अदालतले यो आदेश स्पेनिस सरकारको नभई क्याटालानकै समाजवादी दलले स्वतन्त्रताको घोषणा रोक्न माग गर्दै हालेको मुद्दामा दिएको हो । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =