कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने

काठमाडौं, असोज २० । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने छ । सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाउनेबारे पनि छलफल हुने बताइएको छ । एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेसले पनि अरु पाँच दललाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *