पत्रकार ऋषि धमलाले पनि काँचुली फेरे !

काठमाडौं, असोज १९  । दशैँमा पत्नीलाई टीका लगाएपछि खुट्टामा ढोग्न लगाएर थप चर्चा कमाएका पत्रकार ऋषि धमलाले काँचुली फेरे । पत्याउँनुहुन्छ !  पत्रकारको रङ फेर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसबाट उनी उम्मेदवार बन्ने भएका छन् ।

नेपाली काँग्रेसले पत्रकार धमलालाई धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार बनाएको छ । तर, सिफारिस पत्रमा उनको नामलाई ऋषिराज धमला भनेर उल्लेख गरिएको छ ।

रिपोर्टस क्लब नेपालका अध्यक्ष समेत रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएपछि उनी अहिले चुनावी रणनीति बुन्न लागिपरेको बताइन्छ । यसरी आगामी चुनावको मिति नजिकिदै गर्दा दलहरुले पत्रकार धमलाजस्तै लोकप्रिय व्यक्तिलाई पार्टी प्रवेश गराइरहेका छन् । दलहरुले समानुपातिक उम्मेदवारका लागि विभिन्न कलाकार, नागरिक समाजका अगुवा, अन्य पार्टीका नेता कार्यकर्तादेखि पत्रकारसम्मलाई आफ्नो पार्टीमा ल्याएर उम्मेदवार बनाएर त्यस क्षेत्रमा आफ्नो पकड जमाउन तल्लीन देखिन्छन् ।

यस्ता छन् धादिङ काँग्रेसका उम्मेदवार

प्रतिनिधि सभा क्षेत्र नं १ प्रत्यक्षतर्फ
-विश्व अर्याल
– देवप्रकाश त्रिपाठी
– विदुर अकौलिया

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत समानुपातिक तर्फ
– हरि अधिकारी

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– मधुकुमार श्रेष्ठ
– बाबुकृष्ण सापकोटा
– अर्जुन उप्रेती
– रविसुधन थापा

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– विरवल राई दनुवार
– उर्मिला कडेंल
– कलादेवी खतिवडा
– बुद्धलक्ष्मी लामा

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– कविता इटनी
– खिल गिरी
– बद्री अर्याल
– हरिभक्त त्रिपाठी
– प्रभातकिरण सुवेदी

प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिकतर्फ
– नन्दलाल श्रेष्ठ
– टेकबहादुर प्रजा चेपाङ
– सीता उर्मिला थपलिया

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रत्यक्षतर्फ
– रमेशप्रसाद धमला
– मा. दिलमान तामाङ
– रामनाथ अधिकारी
– डा. राजाराम कार्की
– गंगाबहादुर तामाङ

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत (समानुपातिक) तर्फ
– शिवराज अधिकारी
– चिजकुमार श्रेष्ठ
– ऋषिराज धमला
– भोजबहादुर परियार

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ
– यमनाथ दनै
– झंकनारायण श्रेष्ठ
– कल्पना अधिकारी
– राकेश धमला
– गोविन्द लंम्साल
– टिकानिधि काप्री

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ
– नारायणकुमार श्रेष्ठ
– अम्बिका अधिकारी
– गोपाल विश्वकर्मा
– शंकर दर्जी
– दिनेशबहादुर गुरुङ
– भगवती उप्रेती

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ
– तिलकप्रसाद रुवाली
– हरिराम बुर्लाकोटी
– फणिकान्त छत्कुली
– सेतेमान उर्जा घले

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिक तर्फ
– भक्तबहादुर लामा
– दुर्गा दाहाल
– दिपन वाइवा तामाङ
– दलबहादुर अधिकारी
– शेरबहादुर तामाङ
– राजेन्द्र अर्याल
– अर्जुनबहादुर थापा
– अक्कलबहादुर तामाङ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *