कांग्रेस नेतृत्वका कार्यदलले आजदेखि छलफल शुरु गर्ने

काठमाडौं, असोज १९ । कांग्रेसको नेतृत्वमा बनाइएको लोकतान्त्रिक गठबन्धनले आजदेखि छलफल शुरु गर्ने भएको छ । अस्ति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल भएपछि कांगे्रसले हिजो गठबन्धन बनाएको थियो । कांगे्रससहित राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले गठबन्धन बनाउने निर्णय गरेको हो ।

आज बिहान कांगे्रसबाट २ र अरु पार्टीबाट एकएक जनाको नाम सिफारिस हुने र त्यसपछि गठबन्धनले काम शुरु गर्ने कांगे्रस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । गठबन्धनले आगामी चुनावमा कहाँ कसरी तालमेल गर्ने भन्ने बारेमा शीर्ष नेताहरुको निर्देशनमा काम अघि बढाउने भएको छ ।  यसैबीचहिजो शुरु भएको कांगे्रस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले चुनावी तालमेल र माओवादीले एमालेसँग तालमेल गरेपछिको सरकारको बारेमा छलफल गर्ने भएको छ । दुवै बैठक अहिलेकेही बेरमा शुरु हुने प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *