सार्वजनिक यातायातमा यात्रुको कन्तबिजोग, नियामक निकाय भने मुकदर्शक

काठमाडौं, असोज १९ । लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनले यात्रुलाई निकै सास्ती दिएको पाइएको छ । यात्राका क्रममा यात्रुले टिकट कोटे पनि सजिलै गन्तब्यमा पुग्न कठिन हुने गरेको छ ।

विशेषः चाडवाडका बेला सहज रुपमा यात्रुले यात्रा गर्न नपाएको गुनासो गर्दै आएका छन् ।  दशैंको समयमा धेरै यात्रा विभिन्न नाकाबाट राजधानी बाहिरिने गरेका छन् ।

यात्रुले टिकट काटे पनि टिकटमा उल्लेख गरिको सिटमा बस्न नपाउँद वादविवाद हुने गरेको देखिएको छ । सार्वजनिक सवारी साधानमा यात्रुले हैरानी खेप्नुपर्दा समेत नियामक निकाय मुकदर्शक भएर बसेको छ ।

यात्रमा क्रममा यात्रुले पाएको दुःखको बारेमा न त कतै अनुगमन हुने गरेको छ न त कसैलाई कारबाही नै भएको देखिएको छ ।

सरकार सिट क्षमताभन्दा बढी यात्रा गराउनेलाई जरिवानाको व्यवस्था गरे पनि कार्यान्वयन भने खासै भएको देखिँदैन ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =