जब राकेलको विष्णु र गइथकाको लक्ष्मी नाम राखियो

असोज १८, पोखरा । पछिल्लो समय नेपाली कला, संस्कृति र परम्पराले मोहीत विदेशीहरूले नेपालमै आएर विवाह गर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । केही बर्षयता विश्वका विभिन्न मुलुकबाट नेपाली कला र संस्कृति अनुसार विवाह गर्न पोखरा आउने जोडी भेटिन थालेका छन् ।

हिन्दुहरूको महान् पर्व बडादशैको शुभ साईतको मौका छोपेर स्पेनका एक जोडीले पोखराको तालबाराही मन्दिरमा बुधवार पुरैं नेपाली परम्परा अनुसार विवाह गरेका छन् । स्पेनका २४ वर्षीय राकेल थापाता आन्द्रेउ र २८ बर्षीया गइथका आगुईलार गारथियाले नेपाली परम्परा अनुसार ताल बाराही मन्दिर र विश्व शान्ति स्तुपामा पूजा आजा गरी विवाह गरेका हुन् ।

नेपालमा भूकम्प गएपछि स्पेनबाट स्वयम् सेवकको रूपमा दुई वर्ष अघि काठमाडौँ आएको यो जोडीले आफ्ना आफन्तको साथमा तामझामका साथ विवाह गरेको पोखराका पर्यटन व्यवसायी असोक लामाले बताए ।

लामाको पहलमा पोखरा आएको जोडीले हिन्दुधर्म र बौद्धधर्मको विधि अनुसार नेपालीहरूको महान् पर्व विजया दशमीमा विवाह गरेका हुन् । राकेलको नेपाली नाम विष्णु र गइथकाले लक्ष्मी राखेका थिए ।

दुवै जोडीले नेपाली परम्परा र संस्कृतिले आफुहरुलाई लोभ्याएकाले नेपाली परम्परा अनुसार नेपालमा आएर विवाह गरेको बताएका छन् । उनीहरूले महाभूकम्पमा स्वयंसेवकको रूपमा कार्य गर्दा दुबैबीच प्रेम बसेका कारणले पनि नेपालमै विवाह गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *