सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड बुधबार रातिदेखि बन्द
२०७४ जेठ १५ गते

“
पाल्पा, असोज १८। सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा–बुटवल सडकखण्ड बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि बन्द गरिने भएको छ ।
पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा धुले पहिरो गएर जनधनको क्षति हुनसक्ने खतरालाई मध्यनजर गर्दै सडकमा गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज बिहान १० बजेदेखि दिउसो २ बजेसम्म पनि बाटो बन्द गरेर मर्मत गरिएको थियो भने त्यसपछि एकतर्फी मात्रै गाडी चल्न दिइएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








