कागबेनी बस दुर्घटनाका घाइतेहरु काठमाण्डौंमा

“
नरहरी पाैडेल, पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा मंगलवार दिउसो भएको बस दुर्घटनाका २० घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत बुधवार बिहान थप उपचारको लागि काठमाण्डौ लगिएको छ । दुर्घटनामा ज्यान गुमाएका तीन जना मध्ये बिराटनगर महानगरपालिका ८ का ५४ वर्षिय गणेश सुबेदी र क्रिर्तिपूर नगरपालिका १२ का २४ वर्षिय शर्मिला दुलालको शब घाईतेसंगै पोष्टमाटमका लागि काठमान्डौ लगिएका छ । भने, बसका चालक बाग्लुङ नगरपालिका ६ निवासी खिमबहादुर मगरको शब जोमसोममै राखिएको छ ।
ग १ ख बस ५५२९ नम्बर बसमा सवार चालक सहित २३ यात्रु मध्ये ३ को मृत्यू भएको हो भने बाँकी सबै यात्रुलाई काठमान्डौ लगिएको हो । नेपाली सेना शसस्त्र प्रहरी र नेपाली सेनाको संयूक्त टोलीको सहयोगमा जोमसोम अस्पतालमा राखिएका सबै बिरामीहरुलाई पुथाङ एयरपोर्ट पु¥याइएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र पौडेल,डिएसपी रामहरी पाण्डे, महासेनानी सुनिल बिष्ट र मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मीन प्रसाद थकाली र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थकाली लगायतको टोली घाईतेहरुको उद्धारमा खटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दुर्घटनामा परेका घाईतेहरुको काठमाण्डौंको महाराजगंञ्जमा रहेको टिचिङ हस्पिटल र ट्रमासेन्टरमा उपचार भईरहेको जानकारी दिए। दुर्घटनामा मृत्यु भएका मध्ये २ शबपनि काठमान्डौ लगिएको उनले जानकारी दिए।
मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको बस बाहगाउँ स्थित कागबेनीको घुम्तीमा दर्घटना हुँदा बस चालक सहित ३ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घाईते भएका घाईतेहरुको नामावली
दुर्घटनामा घाईत हुनेमा पवक कुमार श्रेष्ठ (किर्तिपूर ८), लक्ष्मीभक्त श्रेष्ठ (कामनपा १४ कुलेश्वर), उमेश महर्जन (किर्तिपूर ३), निजेन मानन्धर (कामनपा २१), क्रिस महर्जन (किर्तिपूर ३), प्रमिला महर्जन श्रेष्ठ (किर्तिपूर ७), बिना महर्जन (किर्तिपूर ७), काजोल महर्जन (किर्तिपूर ७), ईन्दिरा महर्जन प्रधान (किर्तिपूर ३), रजनी दुलाल (कितिपूर ५), रजनी थापा (किर्तिपूर ६), रिजुशा दुलाल (किर्तिपूर ५), मिना सुबेदी (बेलवारी १ मोरङ), देवबहादुर तामाङ (बिराटनगर ८), सोनाम छिरिङ तामाङ (धादिङ खनियावास ४), सुर्य कुमार पून (रुकुमकोल ९), सावित्रा घिमिरे (बिराटनगर) र बद्रीप्रसाद आचार्य (बिराटनगर दुर्गा मन्दिर) छन् । दुई बालबालिकाहरु वर्ष ३ की अन्सु श्रेष्ठ महर्जन र वर्ष ४ का सिद्धिमान महर्जन समेत घाईते भएका छन् ।
“








