कागबेनीमा बस दुर्घटना तीनको घटनास्थलमै मृत्यु

असोज १७, पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा मंगलवार दिउसो भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको बस बाहगाउँ स्थित कागबेनीको घुम्तीमा दर्घटना हुँदा बस चालक सहित ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । बसका १७ यात्रु घाइते भएका छन् घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ ।

दशैंको बेला मुक्तीनाथको दर्शनको साथैं बिदामा घुमघामकोलागि मुक्ततीनाथ पुगेर ३८ यात्रुसहित फर्कने क्रममा बस ओरालोमा पल्टिएको हो। घाईते भएका यात्रुहरुको सदरमुकाम जोमसोम अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको छ ।

कागबेनी मुक्तिनाथ सडक कालोपत्रे भएपछिको यो पहिलो बस दुर्घटना हो । गतबर्ष पनि सोहि स्थानमा बस दुर्घटना भएको थियो । दुर्घटनामा ४ तीर्थ यात्रीको घटनास्थलमै ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *