दशैंको टीका लगाउन जाने क्रममा खोलाले बगाएर ६ जना बेपत्ता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
सर्लाही, असोज १७ । सर्लाहीमा लखन्देही खोलाले बगाएर ६ जना बेपत्ता भएका छन् । सोमबार साँझ खोलामा आएको बाढीले उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बेपत्ता हुनेमा पत्थरकोटकी राधिका ढुंगाना उनका ७ वर्षीय छोरा किस्मत, ५ वर्षीया छोरी क्रितिका र एक वर्षीय छोरा क्रिति छन् ।
यस्तै जुटपानीकी ५५ वर्षीया भिममाया काफ्ले र पिडारीका ६० वर्षीय रामदेव साह कलवार छन् ।
मृतक चार जना आमा–बच्चा भने दशैंको टीका लगाउन बाराबाट सर्लाहीको जियाजोरस्थित माइती जाँदै गर्दा खोला तर्ने क्रममा बाढीमा परी डुबेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँ ले जानकारी दिए ।
अरु दुई जना भने भैंसी चराएर फर्किदै गर्दा खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता सबै जनाको खोजी भैरहेको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित