विजया दशमीमा रातो टिका र जमराको महत्व

विजयोत्सव प्राय गरेर रातो रङ्गले मनाउने गरिन्छ किन रातो रङ्गले मनाउने गरिन्छ ? दशैको अवसरमा रातो रङ्गमा चामल मुछेर निधार भरी टीका लगाउने प्रचलन रहेको छ । दसैँमा रातो टीका नै किन रोजियो ? आखिरमा रातो टीकामा के तत्त्व रहेको छ ? रातो टीकालाई नै किन प्रचलनमा ल्याईयो ? रातो टीकालाई प्रचलनमा ल्याउनुको पछाडि के रहस्य छ ?

रातो टीकाको महत्त्व यसरी बढ्न गएको हो की, रङ्गको प्रत्यक्ष असर मानिसको जीवनमा पर्ने गर्दछ । विभिन्न रङ्गले मानिसको स्वास्थ्यमा पनि ठुलो भूमिका खेलेको हुन्छ । यस विषयमा विज्ञानले प्रमाणित गरेको छ । रङ्गमा जुन रासायनिक पदार्थ हुन्छ यसले प्रत्येक जीवको शरीरमा रहेको हुन्छ । यसको प्रभाव प्रत्येक जीवको रक्त सञ्चालनमा पर्दछ । रङ्गको कमीबाट मानिसको शरीरमा धेरै प्रकारका रोगहरू उत्पन्न हुन सक्छ ।

जस्तो दिनमा मानिस जति उत्साहित हुन्छ रातमा हुँदैन । अनुहार निस्तेज बन्दछ । मन पनि खिन्न रहन्छ । त्यसैले संसारमा रहने सबै प्राणीले सूर्यलाई देवता नै मानेका छन् । सूर्य विना अथवा उज्यालो विना जीवनको कल्पना सम्म गर्न सकिँदैन । यसको सिधा मतलब हो, सूर्यको किरणमा अनेक थरीका रंगहरु पाइन्छ । आकाशमा रहेका प्रत्येक ग्रहमा आफ्नो रङ्ग छ । यस रङ्गको प्रभाव मानिसको शरीरमा पर्दछ । रातो रङ्ग ऊर्जा शक्ति, स्फूर्ति र महत्वाकांक्षाको प्रतीक हो । आर्य नारीहरूले रातो सिंन्दुर लगाउँदछन् । सन्यासिले पनि रातो रङ्गको वस्त्र लगाउँदछन् । क्रान्तिको पनि रातो रङ्ग हुन्छ । रातो रङ्गले अनुकूलता, सफलता र सङ्घर्ष सँग जुध्न सिकाउँदछ । नारीहरूले रातो टीका, रातो चुरा र रातै साडी लगाउँदछन् ।

हर रातो रङ्ग प्रकृतिको सृजन शक्ति हो । सबै रंगहरु मध्ये रातो रङ्ग तागतदार रङ्ग हो । जो व्यक्ति रातो रङ्ग रुचाउँछ त्यही व्यक्ति नै साहसी हुन्छ । रातो रङ्गलाई खतराको चिन्हमा पनि प्रयोग गरिन्छ । रातो रङ्गबाट प्यार रोमाञ्स र साहस पनि वढाउँछ । रातो रङ्गले मानिसको शारीरिक वा मानसिक स्तरको प्रभावित गर्दछ । मानिसको शरीरमा रातो रङ्गको प्रभाव स्तर अधिक हुन्छ भने त्यो व्यक्ति निडर क्रोधी वा केही चिड्चिडापन पनि भएको हुन्छ । यस्ता व्यक्तिले कुनै पनि खतरा मोल्न डराउँदैनन् । रातो रङ्गले पथप्रर्दशको पनि काम गर्दछ ।

रातो रङ्ग र धार्मिकता सँग जोडिएको छ । हिन्दु धर्ममा रातो रङ्गको सर्वाधिक महत्त्व स्वीकार गरिएको छ । शुभ मङ्गल कार्यमा रातो रङ्गको प्रयोग ल्याईन्छ । प्रायः सबै देव देवीको मूर्तीमा रातो रङ्गको टीका प्रयोगमा ल्याईन्छ । रातो चन्दन शौर्य एवं विजयको प्रतीक हो । रातो टीका लगाएका नर नारीहरूमा तेजस्विता, पराक्रम, गौरव, र यशको अस्तित्व मानिन्छ । रातो रङ्ग मानिसको स्वस्थ्य र मनको हर्षित गर्ने क्षमता राख्दछ । रातो रङ्ग बल उत्साह स्फूर्ति पराक्रमको द्योतक हो । हर्षको अवसरमा रातो रङ्गको नै प्रयोग गरिन्छ ।

अक्षताको प्रयोग

अक्षता वा चामल जीवन पोषण तथा संपूर्णताको प्रतीक हो । जीवनमा सम्पूर्ण आयुको प्राप्ति र कुनै पनि वस्तुको कमी नरहोस् भन्ने सन्देश अक्षताबाट लिन सकिन्छ । विशेष गरेर मेशिनमा पेलेको चामलको टीका लगाउनु हुँदैन । टीका लगाउनको लागि हातले छोडाएका धानबाट प्राप्त भएका अक्षतालाई महत्त्व दिएको छ । अन्नको बारेमा के वर्णन गरिराख्नु र ! अन्न रोग, शोक, भोक रहित दीर्घ जीवन प्राप्त गर्न र मानवताको विकास गर्न अक्षता वा चामलले हामीलाई सहयोग गरेको छ ।

जमराको प्रयोग

जमरा किन राख्ने जमराको के महत्त्व छ ? अथवा जौमा के तत्त्व छ ? वेद मन्त्रले जौ लाई “यवऽसि धान्यराजोऽसि” भन्दै, हे जौ ! तिमी अन्नका राजा हौ, भनेको छ । “पयसो रुपं यद्यवा” दूधको रूप नै जौ हो भनेर वेदले भनेको छ । जौ मा रहेका गुणहरुको बारेमा जानकारी लिँदा, गहुँ, धान, मकै, मास, मूगी, भटमास आदी सबै अन्न भन्दा पहिले पृथ्वीमा जौ नै उम्रिएको हो । वनौषधि शास्त्रविदहरु पनि अहिले पो भन्दै छन् । यव धान्यराज, जौ पृथ्वीमा सर्व प्रथम भएर आए पनि सगुण आएको थियो ।

दूधकै गुणलाई लिएर जौमा सर्वोतम शक्ति छ । दूध प्राप्त नहुने बालक लाई दूध खुवाउने आमाको काम गर्छ जौ ले । बालक बुढा बुढी रोगी आदि अशक्त र दःुखी हरुको जीवन शक्ति एवं बलवीर्य प्रदाता हो । सम्पूर्ण रोग भुडीबाट उब्झिन्छन् । चुर्ना, जुका, आँत कोरिएको घाउ, भुडीको क्यान्सर निको पारेर रजवीर्य बिग्रिएका रोगी स्त्री पुरुषलाई सन्तानोत्पति गराउने जौ कै सेवन गर्नाले हुन्छ । जौ बाट विभिन्न चिजहरु बनाउन सकिन्छ । चिउरा, रोटी, बिस्कूट, फाडो, ढीडो, हलुवा, भात, सातु, भुजा आदी अनेक पदार्थका रूप दिएर जौ लाई खान सकिन्छ । यो मानव जीवनलाई मात्र होइन हृष्ट पुष्ट राखिने सेनाका घोडा, हात्ती, गोरु खच्चर आदि पशुलाई पनि जौ खान दिइन्छ ।

जौ जीवन शक्तिका निमित सर्वोत्तम शक्ति पदार्थ हुनाले हामी हाम्रो राष्ट्रिय चाड दसैँमा जमरा उमारेर आशीर्वादको पूर्णता सूचक फुलको स्थानमा विजया भगवतीको दुर्गाको प्रसाद रूपमा जमरा लगाउँछौं । यी जमरालाई घाम नलाग्ने स्थानमा राख्नु पर्दछ, नत्र सुनौला रहरलाग्दा जमरा हुँदैनन् ।

आज भोलि जमरा राख्दा गहू, मकैलाई पनि प्रयोगमा ल्याउन थालीएको छ । जौ लाई शुद्ध सात्विकी मानिन्छ भने मकैलाई तामसीमा गनिन्छ, त्यसैले मकैको जमरा हुँदैन । वास्तवमा यसलाई मकरा भन्नु पर्र्ने हो । जौबाट तयार हुनाले यसलाई जमरा भनिएको हो ।

फोन .न. ९८४२०५७४९९
[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =