साफ यू १८ च्याम्पियनसिपले १ लाख नगद पुरस्कार पाउने

असाेज १३, काठमाडौं । साफ यू १८ च्याम्पियनसिप विजेता नेपाली युवा टोलीका प्रत्येक सदस्यले कम्तीमा १ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । भुटानमा बुधबार सम्पन्न च्याम्पियनसिपमा हेड टु हेडका आधारमा बंगलादेशलाई पछि पार्दै नेपालले उपाधि जिते पछि युवा टाेलीलार्इ पुरस्कार दिने भएकाे हाे ।

दुई वर्षअघि काठमाडौंमा भएको साफ यू १९ च्याम्पियनसिप पनि नेपालले जितेको थियो । त्यति बेला एन्फाले टोलीका प्रत्येक सदस्यलाई १ लाख रुपैयाँ पुरस्कार दिएको थियो । यसपटक भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने निश्चित भएपनि त्यसको औपचारिक निर्णय कार्यसमितिको बैठकबाट लिएपछि सार्वजनिक गर्ने भएको बताएकाे छ ।

युवा टोली  स्वदेश फर्कियाे

भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार बर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली खेलाडीहरु विहिबार स्वदेश फर्केका छन् ।

विहिबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विजेता खेलाडीले पहिलो खेल भुटानसँग हार्नुनै आफुहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनिति बनाउन सफल भएकाले बिजय प्राप्ती गरेको क्याप्टेन अर्पण कार्कीले बताए । फुटलमा बिजय हासिल गरेर आफुहरुले नेपाली दाजुभाई दिदीवहिनीलाई वडा दशैको अवसरमा जीतको सबै भन्दा ठुलो उपहार दिन सकेको पनि कार्कीले बताए ।

फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक कोच भएर अन्तराष्ट्रिय खेल खेलाउँदा प्राप्त भएको बिजयले आफुलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए ।

भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले बिजेता टोलीमा नाम दर्ता गराएको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता १८ बर्ष मुनिको ढाँचामा खेलाउन थालिएको हो । प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो ।

‘युवा टोली पुरस्कारको हकदार छ । पुरस्कार दिने र यो भन्दा अघिको भन्दा नघटाई दिनेमा पनि कुनै समस्या छैन, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘विगतमा पनि पुरस्कार दिइएकाे छ, यसपटक पनि दिन्छाैं । १ लाख रुपैयाँ भन्दा बढ्न पनि सक्छ । हामी कार्यसमितिको बैठकबाट निर्णय लिनेछौं ।’

एन्फाको विशेष साधारण सभा असोज २३ गते बस्दैछ । विशेष साधारण सभाको आसपासमा बस्ने बैठकले पुरस्कारको निर्णय लिने बताइएको छ । भुटानसँगको पहिलो खेल गुमाएपछि दबाबमा परेको नेपालले बाँकी सबै खेल जितेर उपाधि जितेको थियो । नेपालसँग पराजित बंगलादेश बाँकी सबै खेल जितेर पनि उपविजेतामा सिमित भयो ।

नेपाल र बंगलादेशको समान ९ अंक भएपनि बंगलादेशलाई हराएका कारण हेड टु हेडमा नेपाल विजेता बन्न सफल यो । बुधबार अन्तिम खेलमा नेपालले भारतलाई २–० ले हराएर विजेताको टुंगो लागेको थियो । त्यसअघि बुधबार बंगालदेशले भुटानलाई हराएका कारण नेपाल च्याम्पियन बन्न सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *