थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङलकलाई पाँच वर्षको जेल सजाय
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ११ । थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङलक सिनावात्रालाई पाँच वर्षको जेल सजाय तोकिएको छ ।
‘आपराधिक हेलचेक्र्याइँ’ गरेको भन्दै थाइल्यान्डको सर्वोच्च अदालतले बुधबार यिङलकलाई जेल सजाय सुनाएको हो ।
धान अनुदान कार्यक्रममा करोडौं भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले सजाय तोकेको हो ।
यसै मुद्दामा अदालतमा हाजिर हुन बोलाएकामा उपस्थित नभएपछि अदालतले सुरक्षाकर्मी लगाएरै पक्रन आदेश दिने भएपछि यिङलक देश छाडेर दुबई भागेकी थिइन् ।
दुबईमै यिङलकका दाजु पूर्वप्रधानमन्त्री थाक्सिन सिनावत्रा पनि स्वनिर्वासनमा छन् ।
६ वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सुरु गरेको धान अनुदान कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोप यिङलकमाथि छ ।
सन् २०१५ मा सेना समर्थित संसदले महाभियोग लगाएपछि प्रधानमन्त्री यिङलकले पद छाड्नुपरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








