नवलपरासीको कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
२०७४ जेठ १५ गते

“
नवलपरासी, असोज ११ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका ८ थकालीचोकमा आज ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । चन्द्रौटाबाट काठमाडौंका लागि स्याउ बोकेर छुटेको यु पी ३२ एफ. एन. २७७१ नम्बरको भारतीय ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु ८ प ८३ ३७ नम्बरको मोटरसाइकल ठोक्किँदा विनयीत्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका २५ वर्षका हेमन्त पहराई मगर र कावासोती ८ बस्ने २६ वर्षका दिनेश थापा मगरको घटनास्थलमा नै ज्यान गएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मोटरसाइकलमा तीन जना सवार थिए । चालक र पछाडि बस्नेको ज्यान गएको हो । बिचमा बस्ने घाइते छन् । दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका–२ तल्लो ज्यामिरेका २४ वर्षका जयराम चापागाई घाइते भएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








