लु,जिते है जिते !

काठमाडौँ, असोज ११ । स्थानीय तेस्रो चरणको दुई नम्बर प्रदेशको एकमात्र महानगर वीरगञ्जमा सङ्घीय समाजवादी फोरमका विजय सरावगीले नै बाजी मार्ने भएका छन् । उनलाई औपचारिक रूपमा विजयी घोषणा मात्रै गर्न बाँकी रहेको छ । वीरगञ्जमा दसैँको रमझम उस्तै चलिरहदा सरावगीको विजय सुनिश्चित भएपछि फोरमका नेता/कार्यकर्ता उफ्रिन र सरावगीलाई जितको औपचारिक घोषणा गर्नुपूर्व नै फुलमालाका साथ उफार्न थालेका छन् ।

यसअघि आफूलाई वीरगञ्ज बजार क्षेत्रबाट मत खस्ला कि नखस्ला भन्ने मात्र पिर रहेको उनले बताएका थिए । भने, बजारभन्दा अरू स्थानमा आफ्नो पकड भएको ठोकुवा गरेका थिए । नभन्दै उनले जित हात पारिसकेका छन् ।

त्यस्तै,वीरगञ्जको उपमेयरमा भने नेपाली काँग्रेसकी शान्ति कार्की निर्वाचित भएकी छन्। वीरगञ्जका ३२ वडामध्ये सङ्घीय समाजवादी फोरमले १२, काँग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादीले १ र लोकतान्त्रिक फोरमले १ वडामा विजय हात पारेका छन्।

वीरगञ्जका प्रतिष्ठित उद्योगपति सरावगी छ महिनाअघि मात्र समाजवादी फोरममा प्रवेश गरेका थिए। पार्टीमा उनलाई प्रदेश कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी प्रत्यक्ष राजनीतिमा नभए पनि काँग्रेसनिकट मानिन्थे।

बेरोजगारी अन्त्य, बाटो, बिजुली, बैङ्कजस्ता सुविधा उपलब्ध गराउने वाचा गरेर निर्वाचनमा होमिएका उद्योगी सरावगीलाई वीरगञ्जका मतदाताले एक पटक मौका दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *