दुई नम्बरमा धाँधली भयो हौँ धाँधली नत्र हामीले कन्फर्म जित्थ्यौँ !

काठमाडौँ,असोज ११ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाए ।

नेकपा एमाले काठमाडौँ महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधवार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढङ्गले सरकारले नाङ्गो रूपमा धाँधली गरेको बताएका हुन् । पहिलो र दोस्रो चरणमा पहिलो पार्टीको रूपमा आफूलाई जनतामाझ स्थापित गराउन सफल भएको एमालेलाई तेस्रो चरण अन्र्तगत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा प्रवेशै हुन नदिने षडयन्त्र सरकारले गरेको दाबी पनि उनले गरे ।

नेता खनालले आफ्ना उम्मेदवारको घर घरमा बम विस्फोट गराउने, धम्क्याउने लगायतका काम भए पनि एमालेलाई दुई नम्बर क्षेत्रबाट बडार्ने नेपाली काँग्रेसको षडयन्त्रलाई पार्टी सङ्गठनले असफल बनाएको दाबी गरे । उनले सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसले गरेको षडयन्त्र र धाँधलीको बाबजुत पनि एमालेले सिट सङ्ख्याको आधारमा पाचौ र मतका आधारमा दोस्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गरे । धाँधली नभएका भए आफूहरूले पहिलो र दोस्रो चरणको निर्वाचन जत्तिकै मत परिणाम ल्याउँन सक्ने जिकिर गरे ।

यससँगै खनालले संविधान र आचारसंहिताको उल्लंघन गर्दै सरकारले जम्बो मन्त्रीमण्डल बनाएको आरोप लगाए । दसैँ, तिहार र छठको उपलक्ष्यमा नेकपा एमाले १५ नम्बर वडा कमिटीले बुधवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *