लाखको बिट्टा समातेर फुलपाती मान्नेहरु मामाघर गए !

पोखरा,असोज ११ । प्रहरीले पोखरामा दुई लाख रुपैयाँ सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ संगम टोलबाट (६ जना) र वडानंम्वर १७ का छेउघारीबाट (७ जना) पक्राउ परेकोे कास्की प्रहरीले जनाएको छ ।

पोखरा १३ संगम टोल स्थित सन्तोष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा घरधनी ३० वर्षीय सन्तोष श्रेष्ठ , सोहि स्थानका ४० वर्षीय हरी तामाङ, ४० वर्षीय किशोर परियार, ४० वर्षीय मिलन गुरुङ, ५३ वर्षीय राजेन्द्र नेपाली र ४० वर्षीय सोभित नेपाली रहेका छन् । उनीहरु नगद ४१ हजार ४ सय ७५ रुपैयासहित पक्राउ परेका हुन् ।

त्यस्तै फुलपातिको दिन नै पोखरा १७ काउछेघारी स्थित दिपेन्द्र पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ बुक ताससहित ७ जनालाई पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ५० हजार ५ सय ४५ रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा घरधनि ३६ वर्षीय दिपेन्द्र पौडेल, बोधराज रेग्मी, राजु रेग्मी, प्रकाश रेग्मी, अनिल क्षेत्री, पर्बत कुश्मा नगरपालिका ९ घर भई पोखरा मलेपाटन बस्ने रामकृष्ण पौडेल र पोखरा ९ बस्ने २९ वर्षीय अमर खनाल रहेको कास्की प्रहरीका प्रबक्त खड्क बहादुर खत्रीले जानकारी दिए । पक्राउ परेका जुवाडेहरु माथि थप अनुसन्धान भईरहेको खत्रीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =