​दसैँ मनाउन घर जानेको संख्या बढ्यो, घट्यो काठमाडौको चहलपहल

काठमाडौं, असोज ११ । दसैँ मनाउन घर जानेको संख्या बढेसंगै काठमाडौ उपत्यकामा चहलपहल घटेको छ । म‌ंगलबारसम्म १९ लाख जना दसैँ मनाउन घर फर्किएको र आजदेखि यो संख्या झनै बढ्ने ट्राफिक प्रहरीले जनाएको छ ।

वुधबारदेखि सार्वजनिक विदा शुरु भएपछि घर फर्किनेको संख्या बढेको हो । काठमाडौका कलंकी, कोटेश्वर, बल्खु लगायत ठाउँमा विहानैदेखि गाडी र यात्रुको लाम छ । पुर्व जाने गाडीका कारण काठमाडौको तिनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म नै गाडीको लाम लागेको ट्राफिक प्रहरीले जनाएको छ । तर कामाण्डु उपत्यकाका भित्री सडकमा भने सडकमा गाडीको चाप घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *