​मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

वर्दिया, असोज ११ । वर्दीया राष्ट्रिय निकुञ्जको गुम्राहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मंगलवार राति भएको दुर्घटनामा बारावर्दिया नगरपालिका – १० बैदीका ३४ बर्षका सन्देश ज्ञवालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । भे ३ प ६०२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *