मासु खाने बढे: उपत्यकामा दैनिक ४ करोडको राँगाभैंसी
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ११ । उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ । मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयात पनि त्यही हाराहारीमा वृद्धि भएको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरमा गरी दैनिक एक हजार राँगाभैंसीको खपत हुन्छ । काठमाडौंमा मात्र दैनिक ६ सय जटा खपत हुन्छ ।
व्यवसायीका अनुसार एउटा राँगाभैंसीको औसत मूल्य ४० हजार रुपैयाँ पर्छ । यसरी हेर्दा एक हजार राँगाभैंसीको खरिद मूल्य चार करोड रुपैयाँ पर्छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








