भगवती माताको नाम कसरी दुर्गा जु¥र्यो ?

काठमाडौं, असोज ११ । धेरै पहिले भगवती शताक्षीले संसार एवं देवताहरुलाई सुरक्षा र संरक्षण दिएको सुनेर दुर्गम दैत्य अत्यन्त कुपित भई आफ्नो एक अक्षौहिणी सेनाको साथमा अस्त्र–शस्त्रले सुसज्जित भएर भगवतीसँग युद्ध गर्नकालागि गयो । देवताहरुको सबै सेनालई घेरेर दैत्य भगवतीको सामुन्ने खडा भयो । देवी र दुर्गम दैत्य बीच भयंकर संग्रम प्रारम्भ भयो । दुवैतिरको वाणवर्षाले सूर्य मण्डलनै ढाकियो । देवीको श्रीविग्रहबाट थुप्रै उग्र शक्तिहरु प्रकट भए ।

कालिका,त्रिपुरसुन्दरी,कामाक्षी,तुलजा,जम्भिनी,मोहिनी,गुह्यकाली र दश सशस्त्रवाहु आदि नाम भएका बक्तीस शक्तिहरु उत्पन्न भए ।त्यसपछि चौसठ्ठी र अनगिन्ती शक्तिहरुको प्रादुर्भाव भयो । ती शक्तिहरुले दानवहरुको थुप्रै सेनाहरुलाई नष्ट गरिदिए । त्यसपछि दुर्गम स्वयं शक्तिहरुको सामुन्ने उपस्थित भएर युद्ध गर्न लाग्यो । दस दिनको युद्धमा त्यस दैत्यको सम्पूर्ण सेनाको संहार भएको हुनाले दैत्य क्रोध र अमर्षले भरिएको थियो । केही समयपश्चत् नै त्यस महामराक्रमी दैत्यले देवीको सम्पूर्ण शक्तिहरुमाथि विजय प्राप्त ग¥यो ।

त्यसपछि उसले पराम्बा भगवतीको सामुन्नेमा आफ्नो रथ लग्यो । भगवती जगदम्बा र दुर्गम दैत्य बीच भीषण युद्ध चल्यो । हृदयलाई आतङ्कित पार्ने त्यो भयंकर युद्ध साँझसम्म चल्यो । त्यसपछि देवीले दुर्गममाथि पन्द्र वाणहरुको प्रहार गरिन् । दुर्गमको रथका चार घोडाहरु देवीको चार बाणलहरुले भेदन गरे । एउटा बाण सारथीलाई लाग्यो,एउटा बाणले दुर्गमको रथको ध्वजा काटिदियो ।

दुई बाणहरुले दुर्गमको दुवै नेत्र र दुवै भुजाहरुलाई बाँधिदिए । जगदम्बाका पाँच वाणहरुले त्यस दैत्यको छातीलाई विदीर्ण गरिदिए । अन्तमा त्यो दैत्य रगत छाद्दै धरतीमा ढल्यो । जगदम्बाले दैत्यमाथी विजय प्राप्त गरे पश्चात् भगवान् विष्णु र शिवलाई अगाडि राखेर सबै देवताहरुले भगवती जगदम्बाको स्तुति गदै भन्न लागे – ‘सम्पूर्ण जगत्को एकमात्र कारण हे परमेश्वरी ! शतलोचने ! हजुरलाई बारम्वार नमस्कार छ ।

जो दिव्य विग्रहवाट सुशोभित छिन् एवं जसले ब्रम्हा, विष्णु आदिलाई प्रकट गर्छिन् ती भगवती भुवनेश्वरीको चरणहरुमा हामी सर्वतोभावले मस्तक झुकाउँदछौ । करुणको असीम सागर भगवती शाकम्भरी, हजुरको जय होस् । हजुरले दुर्गमलाई मारेर देवताहरुको संकट निवारण गर्नुभयो, यसको लागि हामी सबै देवता हजुर प्रति हृदयबाट कृतज्ञ छौ ।
ब्रम्हा, विष्णु, शिव आदि देवताहरुको स्तवन एवं पुजनबाट भगवती जगदम्वा सन्तुष्ट भइन र उनले दुर्गमासुरबाट छिनिएका वेदहरु देवताहरुलाई सुम्पिदिइन । त्सपछि उनले भनिन् – मेरो हातबाट दुर्गम नामक दैत्यको बध भयो । अतः आजबाट मेरो एउटा नार्म दुर्गा’ प्रसिद्ध हुनेछ । करुणको स्वरुप भएको कारणले म शताक्षी पनि कहलाउने छु । जुन व्यक्तिले मेरा दुर्गा नमको कीर्तन गर्दछ, उसले मायाको बन्धनलाई तोडेर मेरा स्थान प्राप्त गर्दछ । यसपछि भगवतीको एक नाम दुर्गा रहन गयो र यो नाम जगत्भर प्रख्यात हुन गयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *