वामपन्थी दलबीच एकता आवश्यक रहेको नेता नेपालको भनाइ

काठमाडौं, असोज १० । नेकपा एमालेका नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, चितवनले आज गरेको पत्रकार सम्मेलनमा उहाँले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताउनुभएको हो ।

वामपन्थी तालमेलका विषयमा नेकपा माओवादी केन्द्र तयार रहे एमाले तयार रहेको उहाँले बताउनुभयो । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उहाँले बताउनुभयो ।

फरक प्रशंगमा उहाँले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गर्नुभयो । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उहाँले दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *