काभ्रेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु,घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै

काठमाडौँ, असोज १० । मंगलबार बिहान काभ्रेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा१४ क ९५५६ नम्बरको जीप रोशी गाउँपालिका– ३ शिखरआम्बोटेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

जीप बिहान पौने ११ बजे दुर्घटनामा परेको परेक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। अहिले मृतकहरुको सनाखत भइरहेको र घाइतेहरुको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाउने तयारी भैरहेको छ । भने घाइतेहरुलाई काठमाडौं ल्याउनका लागि घटनास्थलमा हेलिकोप्टर पुगिसकेको उनले जानकारी दिए। थापाका अनुसार जिपमा १७ यात्रु सवार रहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =