आन्तरिक राजस्व विभागको राजस्व संकलन २२ प्रतिशतले वृद्धि

काठमाडौं, असोज ९ । आन्तरिक राजस्व विभागको राजस्व संकलन २२ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

भदौ महिनासम्मको राजश्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड रहेकोमा ३५ अर्ब २७ करोड रुपैयाँ बराबर संकलन भइ लक्ष्यको तुलनामा ९६ प्रतिशत र गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको हो ।

शीर्षकगतरुपमा आयकरतर्फ १४ अर्ब २३ करोड, मूल्य अभिवृद्धि करतर्फ १२ अर्ब ८९ करोड र अन्तशुल्कतर्फ ७ अर्ब ७३ करोड संकलन भएको विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४/७५ का लागि २ खर्ब ९९ अर्ब ९१ करोड लक्ष्य तोकिएको छ ।

विभागमा आयोजित मासिक समीक्षा कार्यक्रममा महानिर्देशक किशोरजंग कार्कीले सबै कार्यालयको ध्यान राजस्व संकलनमा नै बढी केन्द्रित हुनुपर्‍यो भन्दै कमजोरीलाई पहिचान गरेर सुधारको बाटोमा अघि बढ्न निर्देशन दिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *