दशैं मान्न घर फर्किएका पाँचजना नेपाली भारतमा लुटिए

भीमदत्तनगर, असोज ९ । दशैं पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली सोमबार भारतमा लुटिएका छन् ।

भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती भारतीय वनबासा बजारबाट झण्डै ७० किलोमिटरको दूरीमा छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले मजदुरी गरेर घर फर्किरहेका नेपालीलाई लुटेरा समूहले मादकपदार्थ सेवन गराएर लुटपाट गरेको प्रारम्भिक जानकारी आएको बताए ।

लुटिएका पाँचैजना सोमबार दिउँसो पश्चिमी नाका गड्डाचौकी पुगेर प्रहरीको सम्र्पकमा आएका थिए । प्रहरीले उनीहरुलाई हेल्प डेस्कको सहयोगबाट घर पठाउने गृहकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *