पटाका कारखानामा आगलागी हुँदा आठको मृत्यु, २५ घाइते

नयाँ दिल्ली, ९ असोज । पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । गैरकानूनी रुपमा सञ्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो ।

प्रहरीले यस समाचारको विस्तृत विवरण भने दिएको छैन । उक्त कारखानामा अवैध रुपमा सञ्चालन गरिएको र त्यहाँ भएको विस्फोटमा परी आठको मृत्यु भएको र अरु २५ जना घाइते भएको जनाएको छ ।


घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ । कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुर भएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *