आजका पत्रपत्रिकामा यस्ता छन् समाचार

  
असोज ९, काठमाडौँ । आजका राष्ट्रिय दैनिक पत्रपत्रिकाले देशको राजनीतिक समिकरण, कर्मचारी समायोजन, तेस्रो चरणको स्थानीय निकायको निर्वाचनको मतपरिणाम, चिकित्सकहरुको आन्दोलन, पूर्व विशिष्ट अधिकारीहरुको सुविधाका विषयलाई प्राथमकिताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले कर्मचारी समायोजनको विषयलाई प्रमुख खबर बनाएको छ । साथमा नेपाल चिकित्सक सङ्घको आव्हानमा भएको हड्तालका कारण बिरामीले खेप्नुपरेको सास्तीलाई पनि प्रमुखता दिएको छ भने, प्रथम पृष्ठमा प्रधानमन्त्री शेरबहादुर देउवाको अन्र्तवार्ता प्रकाशित गरेको छ ।

नागरिक दैनिकले स्थानीय तहमा एमाले पहिलो भन्दै प्रमुख खबर छापेको छ । संसद्को दोस्रो ठुलो दल एमाले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको बताइएको छ ।

नयाँ पत्रिका दैनिकले सामाजिक विकृति विसंगतिलाई स्थान दिएको छ । उसले बोक्सी आरोपमा अधिकारकर्मी नै कुटिएको विषयलाई प्राथमिकता दिएको छ । एक दशकदेखि पर्सामा महिला अधिकार र सामाजिक अधिकारका कुरा उठाउँदै आएकी एक महिलालाई कुटिएको विषय नयाँ पत्रिकाको अग्रभागमा छ ।

यसै गरी राजधानी दैनिकले प्रदेश र केन्द्रको निर्वाचनको विषयलाई प्रमुख खबर बनाएको छ । राजनीतिक दल मङ्सिर २ गते हुने केन्द्र र प्रदेशको निर्वाचनमा आफ्ना उम्मेदवार छनौट गर्न लागेको विषय राजधानी दैनिकको प्रथम पृष्टमा छ ।

गोरखापत्र दैनिकले निजामती कर्मचारीको पदपुर्ति नरोकिने शीर्षकमा समाचार राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *