दशैंमा मेयर सुब्बाले साढे १ अर्ब भन्दा बढीको पोको खोले तर दलित मैत्री नगर लेख्नै बिर्से !

धरान,(विजयपुर), ८ । दशैँको छेकमा धरान उपमहानगले विकास निर्माण,पर्यटन र लक्षित वर्गका कार्यक्रमलाई मध्यनजर गर्दै आर्थिक बर्ष २०७४÷०७५ को बजेट हिजो शनिबार सार्वजनिक गरिएको छ ।

नगर सभाका अध्यक्ष तारा सुब्बाले चालु आर्थिक बर्षका लागि कुल १ अर्ब ५५ करोड,१४ लाख ५ हजारको बजेट नगर सभामा पेश गरेका हुन् । सभामा पेस भएको बजेटमा धरानको पर्यटन,खेलकुद र सांकृतिक क्षेत्रको बिकासमा जोड दिइएको छ । नगर सभाले धरानका २० वटै वडाका लागि १० करोडका दरले बजेट छुट्टयाएको छ ।

सभामा प्रस्तुत गरिएको बजेटमा सबैभन्दा बढी बजेट एकीकृत शहरी विकास आयोजना अन्र्तगत खानेपानी आयोजनाका लागि छुट्याएको छ । जसकार लागि ५० करोड विनियोजन गरिएको छ । त्यस्तै, धरानको पर्यटन क्षेत्रको बिकासका लागि नगर सभाले १ करोड बजेट छुट्टयाइएको छ भने खेलकुदको बिकासका लागि १ करोड १० लाख रकम विनियोजन गरेको छ । उपमहानगरको ठुला योजना अन्र्तगत १२ करोड रकम बिनियोजन गरिएको छ भने वडा कार्यालयहरुको प्रशासनिक तथा पुजीगततर्फ १० करोड विनियोजन गरिएको र निती तथा कार्यक्रम बहुमतका साथ पारित भएको नगर सभाका प्रबक्ता मणिराम राईले जानकारी दिए ।

त्यस्तै, मेयरको आकष्मिक कोषका लागि भनेर नगर सभाले १ करोड ३० लाख रुपैया छुट्टयाएको छ । हाल नगरसभामा बजेटको अनुशुची प्रस्तुत भइरहेको छ । आइतबार बस्ने सभाले बजेटमा छलफल गरि पास गर्दैछ ।

शनिबार मेयर तारा सुब्बाले शुक्रबार पेस गरेको निति तथा कार्यक्रममा नगर सभाका सदस्यले आ–आफ्नो धारण राखेका थिए । नगर सभा सदस्य साबित्रा परियारले धरानलाई दलित मैत्री नगर बनाउने सन्दर्भ छुटेकाले यस बिषयलाई समाबेश गर्न आग्रह गरिन् । आज यो विषयमाथि पनि हेरफेर गरिन सकिने मेयर सुब्बाले बताए । शनिबार नगर सभा सदस्यहरुको गुनासाहरु सुनेर उत्तर दिएसँगै उप्र प्रमुख मञ्जु भण्डारीले निती तथा कार्यक्रम सभामा पेश गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =