फर्कियो नेपाल आइडल टिम, जज इन्दिराले एरपोर्टमा यसो भनिन्

काठमाडौँ, असोज ८ । ‘नेपाल आइडल’ ग्राण्ड फिनाले सम्पन्न गर्दै आज कतारबाट आइडल टिम स्वदेश फर्किएको छ । कतारबाट फर्किएको टिमलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।

फिनालेमा आइडलका उत्कृष्ट १२ प्रतिश्पर्धी सहित नेपालका वरिष्ठ  कलाकार, संगितकर्मी तथा लाखौं दर्शकले सहभागिता जनाएका थिए । आइतबार एयरपोर्टमा सञ्चारकर्मीसँगै बोल्दै नेपाल आइडलकी जज इन्दिरा जोशीले भव्यतापूर्वक नेपाल आइडलको प्रथम संस्करण समापन भएको बताइन् ।

उनले टेलिभिजन लाइभ प्रसारणमा आएको ढीला सुस्ती र दर्शकलाई पर्न गएको मर्का प्रति आफूलाई दुखी महशुस भएको बताइन् । भने, नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माले पनि आफूलाई यस विषले दुःखी तुल्याएको र आगामी दिनमा यस्ता गल्ती नदोहोरिने भन्दै दर्शकमाझ पर्न गएको मर्काप्रति उनले माफि सेमत मागिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *