पोखरामा टुर दी पोखरा साइकल ¥याली

पोखरा । आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा साइकल ¥यालीको आयोजना गरिएको छ। साइकल सिटी पोखराको आयोजनामा शनिवार ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागी साइकल’ भन्ने नाराका साथ टुर दि पोखराको आयोजना गरिएको हो ।

¥यालीको कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गरेका थिए। कार्यक्रममा काठमाण्डौं, धरान, नेपालगञ्ज,कैलाली लगायतका स्थानबाट आएका आन्तरिक पर्यटक र बाह्यमुलुबाट आएका पर्यटक सहित करिब आठ सयको सहभागिता रहेका टुर दि पोखराका संयोजक ईश्वरप्रसाद आचार्यले बताए ।

साढे छब्बिस कि.मीको दुरीमा आयोजना गरिएको टुर दि कार्यक्रम पोखराको रगंशालाबाट सुरु भई बृद्धचोक, राम बजार, अमरसिंह चोक, हस्पीटल चोक, महेन्द्रपुल, नदिपुर, के आई.सिंह पुल, दीप, बाटुलेचौर, लामाचौर, के आईसिंह पुल, बगर टयाक्सीचोक, मोहरियाटोल, नालामुख, सिद्धार्थचोक, बिपिचोक, न्यूरोड, सभागृहचोक, सृजनाचोक, जिरो कि.मी, हल्लनचोक, लेकसाइड, राष्टबैकचोक, विरौटाचोक, मुस्ताङचोक, पृथ्वीचोक हुँदै रगंशालामै पुगेर समापन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *