उत्तर कोरिया नजिकै अमेरिकी बमवर्षक र युद्ध विमान उडान

काठमाडौं, असोज ८ । अमेरिकाले उत्तर कोरिया नजिकै बमवर्षक र युद्ध विमान उडान गरेको छ । दुई देशबीचको सम्बन्ध सत्रुताका रुपमा परिणत भइरहेका बेला अमेरिकाले बम वर्षक विमान उडान गरेको हो ।

शक्ति प्रदर्शन गर्ने उद्देश्यले अमेरिकाले बमवर्षक र युद्धविमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा उडान गरेको हो ।

२१ औं शताब्दीमा अमेरिकी युद्धविमान र बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो । यी विमान जापानको ओकिनावा र अमेरिकी क्षेत्र गुआमबाट उडेका थिए ।

अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनका प्रवक्ता डाना ह्वाइटले यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य भएको बताएका छन् ।

उनले विज्ञप्ति जारी गर्दै सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न तयार भएको उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्र संघका कोरियाका विदेश मन्त्री रि योङ होले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाती लक्ष्य लिएको आरोप लगाए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *