पर्साको जिराभवानी गाउँपालिकामा एमाले विजयी

पर्सा, असोज ७ । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा एमालेका उम्मेदवार रामप्रित महतो र उषा चौधरी विजयी भएका छन् ।

अन्तिम परिणामअनुसार एमालेका महतोले दुई हजार ९५९ मत हासिल गरी अध्यक्षमा विजयी भए ।

उपाध्यक्ष पदमा चौधरीले दुई हजार ५५३ मत हासिल गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =