वीरगन्जमा कांग्रेसकै अग्रता, राजपा तेस्रोमा

२०७४ जेठ १५ गते

“
वीरगन्ज, असोज ७ । धेरैको चासो रहेको प्रमुख नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जको मतगणना रोचक बन्दै गएको छ ।
मतगणनाको प्रारम्भमा अग्रता लिएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उम्मेदवार पछिल्लो समयमा तेस्रो स्थानमा पुगेका छन् ।
निकै सुस्तगतिमा भइरहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका अजय द्विवेदी अहिलेसम्म अग्रस्थानमा छन् । उनले ८११२ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले ७९५७ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ५८५९ मत पाएका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित