खान, सुत्न र सौच गर्न मिल्ने बस आयो तर…
“
काठमाडौं, असोज ७ । अब, दशैँमा घर जाने पोखराका यात्रुहरुले आरामदायी बसको यात्रा गर्न पाउने भएका छन ।
आज शनिबार जगदम्बा ट्राभल्सले काठमाडांैमा कार्यक्रमको आयोजना गरी काठमाडौं– पोखराका लागि आरामदायी बस सेवा संचालनमा ल्याएको हो । टवाईलेटको समेत व्यवस्था भएको सो बसको भाडाभने २ हजार २ सय तोकिएको छ । तर, गाडीमा खाना, खाजा, चियाँ, कपी, चिसो, पत्रपत्रिका र टवाईलेटको व्यवस्था गरिएकोले भाडा भने केही महंगो पर्न गएको ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी गराए ।
‘हामीले अति आरामदायी बस सेवा सञ्चालनमा ल्याएका छौँ । बसमा जम्मा २६ वटा सिट संख्या रहेको छ । तर, यात्रुहरुले सिटमा सुत्न सक्नुहेछ ।’ अध्यक्ष अधिकारीले भने । अधिकारीले प्रति गाडीको मूल्य करिव २ करोड तिरिएको बताए । हाल ८ वटा बस संचालनमा ल्याइएको छ । बसको रुट विहान ७ र ८ बजेका लागि तोकिएको छ ।
“