सप्तरीको छिन्नमस्तामा नयाँशक्ति विजयी
२०७४ जेठ १५ गते

“सप्तरी, असोज ७ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा नयाँशक्ति पार्टी नेपालका सुर्यनारायण मण्डल(क्रुर) विजयी हुनुभएको छ । उहाँले २८०५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालकी विमलदेवी यादवले १३८५ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा भने राजपा नेपालकी उषाकुमारी मण्डल १७१० मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नयाँशक्तिकी प्रमिलादेवी साहले १५८० मत प्राप्त गर्नुभयो । योसँगै तेस्रो चरणको चुनावमा नयाँ शक्तिले पनि खाता खोलेको छ । तेस्रो चरणको चुनावमा नयाँ शक्तिले थोरै ठाउँमा मात्र उम्मेदवार उठाएको थियो । “
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








